सर्वोच्चको नेतृत्व साहको काँधमा

काठमाण्डु टुडे २०७१ असोज २४ गते ४:०१ मा प्रकाशित

ram kumar shahaकाठमाण्डु, २४  असोज–  सर्वोच्च अदालतको नेतृत्व आजदेखि रामकुमार प्रसाद साहले सम्हालेका छन् ।

साहलाई राष्ट्रपति रामवरण यादवले शीतलनिवास आयोजित विशेष समारोहमा बिहान पदको सपथ खुवाएका छन् । संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि साह प्रधानन्यायाधीश नियुक्त भएका हुन् । साहको कार्यकाल करिब नौ महिनाको हुनेछ ।

यसअघिका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले उमेर हदका कारण बिहीबार स्वत: अवकाश पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us