सहमतीय वा बहुमतीय प्रक्रियाको टुंगो आज लाग्ने

काठमाण्डु टुडे २०७१ असोज २४ गते ३:५४ मा प्रकाशित

caकाठमाण्डु, २४ असोज– भावी संधिवानका मुख्य विवादित विषयमा प्रक्रियाअनुसार अघि बढ्ने वा सहमतिका लागि थप समय दिने भन्नेबारे संविधानसभाले आज निर्णय गर्दैछ ।
प्रमुख दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे विवाद कायमै रहेका कारण संविधान निर्माण कार्यतालिका प्रभावित भएको छ । ८ माघमा संविधान जारी गर्ने घोषित कार्यतालिका अनुसार काम भएको भए अहिलेसम्म संविधानको पहिलो मस्यौदा राजपत्रमा प्रकाशित भइसकेको हुने थियो । मुख्य विषयमा विवाद कायमै रहेका बेला दलहरु बहुमतीय वा सहमतीय प्रक्रियामध्ये कुनबाट संविधान जारी गर्ने भन्ने अडानमा छन् । काँग्रेस–एमालेसहित सत्ता पक्षीय दलहरु सहमति नभए विवादित विषको टुंगो प्रंक्रियाबाट लगाउनुपर्ने पक्षमा छन् । एकीकृत माओवादीसहित प्रतिपक्षी दलहरुले भने सहमतीय बाटो अबलम्बन गर्नुपर्ने भन्दै बहुमतको आडमा संविधान जारी गरिए अस्वीकार गर्ने बताउँदै आएका छन् ।
दलहरुबीच सहमति हुन नसकेपछि बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विवादित विषय समेत समेटिएको प्रतिवेदन सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us