काठमाण्डु, २४ असोज–सत्ता पक्षले सहमतीय राजनीतिविपरीत बहुमतीय प्रक्रियाद्वारा एक पक्षीय संविधान जारी गर्ने तयारी गरेको भन्दै एकीकृत माओवादी अध्यक्ष प्रचण्ड
नेतृत्वको २२ दलीय मोर्चाले आजदेखि विरोधका कार्यक्रम सुरु गर्दैछ ।
मोर्चाले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्ने भएको छ । प्रर्दशनपछि हुने सभालाई एमाओवादी महासचिव कृष्णबहादुर महरालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
बहुमतीयबाट नभई सहमतीय प्रक्रियाबाट संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले विरोधका कार्यक्रम गर्न लागिएको एमाओवादी सचिव वर्षमान पुनले जानकारी दिए ।