काठमाण्डु, २४ असोज– आज बिहानका लागि बोलाइएको काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

प्रमुख सचेतक चिनकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै विशेष कारणबस बैठक स्थगित भएको जनाएका छन् । बैठक शनिबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको विज्ञप्तिमा छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा संधिवान निर्माण प्रक्रिया र संविधानका विवादित विषयमा छलफल हुने बताइएको छ ।