अमिर आउँदा पारसको यस्तो अपमान ?

काठमाण्डु टुडे २०७१ असोज २४ गते ३:१३ मा प्रकाशित

काठमाण्डु, २४ असोज– बलिउड सुपरस्टार अमिर खानलाई न्यानो आतिथ्य दिने क्रममा युनिसेफले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई भने हेपाहा व्यवहार गरेको UNICEF's 1000 Golden Daysछ ।

बुधबार आयोजित कार्यक्रममा पारसलाई घन्टौंसम्म फाल्तुजस्तै बनाएर राखियो । युनिसेफले अमिरलाई दक्षिण एसियाका सद्भावना दूत घोषणा गर्न आयोजित कार्यक्रममा पारसलाई नेपालका सद्भावना दूतको हैसियतमा निम्तो गरिएको थियो ।

अमिर र पारसले संयुक्त रुपमा युनिसेफको सुनौला १००० दिनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अमिरलाई मञ्चमा र पारसलाई दर्शकदीर्घामा राखियो ।
सुनौला १००० दिन उद्घाटन गर्ने क्रममा मात्रै पारस मञ्च उक्लिन पाए ।

उद्घाटनपछि उद्घोषकले उनलाई थोरै मात्र बोल्न भनिन् । पारस एक मिनेट मात्र बोलेर फेरि दर्शकदीर्घामै ओर्ले । त्यसपछि अमिरले आमाको दूधको विषयमा करिब आधा घन्टा प्रवचन दिए ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us