संयन्त्र संयोज बनेकामा प्रचण्डलाई राष्ट्रसंघद्वारा बधाई

काठमाण्डु टुडे २०७१ असोज २३ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, २३ असोज- संयुक्त राष्ट्रसंघले व्यवस्थापिका संसदको अवरोध हटाउन भूमिका खेलेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएको छ ।

prachanda
राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्री फेल्टम्यानले बिहीबार अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी राजनीतिक समस्याको गाँठो फुकेकामा धन्यवाद दिएका हुन् ।

प्रचण्डका स्वीय सचिव चुडामणि खड्काका अनुसार फेल्टम्यानले उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनेकामा प्रचण्डलाई बधाई समेत दिएका छन् ।

उनले शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा हुने र संविधान लेखनको कामले गति लिने विश्वाससमेत व्यक्त गरेका छन् । जवाफमा प्रचण्डले शान्ति प्रक्रियामा राष्ट्रसंघले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us