कमल थापा भन्छन्, ‘कांग्रेस, एमालेलाई भोट हाल्ने जनता चाहिँ मालिक,राप्रपा नेपाललाई भोट हाल्ने चाहिँ दास ?

काठमाण्डु टुडे २०७१ असोज २३ गते १४:१७ मा प्रकाशित

kamal-thapaकाठमाण्डु, २३ असोज राप्रपा नेपालका अध्यक्ष कमल थापाले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रमुख दलहरुबीचको सहमतिविरुद्ध आक्रोश पोखेका छन् ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले संयन्त्र गठनसम्बन्धी सहमति असंवैधानिक भएको भन्दै आपत्ति जनाए । संविधानसभाबाहिर गैरसंवैधानिक संस्था खडा गरेर जनताको सार्वभौमिकता कुण्ठित गर्न खोजिएको उनको आरोप थियो ।

राजनीतिक समिति गठन गरेर संविधानसभा र संसदको गरिमामाथि प्रश्न खडा गरिएको भन्दै थापाले संविधानसभामा राजनीतिक संयन्त्रको कालो छायाँ नपर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट नआए संसद चल्न नदिने धम्की दिए ।
उनले संविधानसभाको चौथौ शक्ति राप्रपा नेपाललाई निषेध गरेर अघि बढे परिणाम गम्भीर हुने चेतावनी दिए । राप्रपा नेपाललाई पनि जनताले मत दिएको भन्दै उनले कम नआँक्न चेतावनी दिए ।

‘कांग्रेस, एमालेलाई भोट हाल्ने जनता चाहिँ मालिक, अनि राप्रपा नेपाललाई भोट हाल्ने जनताचाहिँ दास हुन् रु  थापाको प्रश्न थियो । निषेधको राजनीति जारी रहे आफूहरु बलिदान दिनसमेत तयार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us