काली गण्डकी किनारमा भेटियो संविधानसभा निर्वाचनको मतपत्र

काठमाण्डु टुडे २०७१ असोज २३ गते १३:५९ मा प्रकाशित

कुश्मा, २३ असोज- पर्वतमा गत संविधानसभा निर्वाचनको मतपत्र भेटिएको छ ।
पर्वत क्षेत्र नम्बर-१ अन्तगर्गत कुश्मा नगरपालिकाको गुप्तेश्वर गुफा नजिकै कालीगण्डकी नी किनारमा मतदाताले छाप लगाएको मतपत्र भेटिएको हो ।

नदीले बगाएर ल्याएको सयौं थान मतपत्र किनारामा भेटिएको स्थानीय ढाकाराम गौतमले काठमाण्डु टुडेलाई जानकारी दिए । उक्त मतपत्र गत मंसिर ४ गतेको भएको पुष्टि भए पनि कहाँको थियो भन्ने यकिन भइनसकेको उनले बताए । गौतमका अनुसार मतपत्रमा अधिकांश एमाओवादीको हंसिया हथौडा र एमालेको सूर्य चिन्हमा छाप लगाइएको पाइएको छ ।

मतपत्र भएको  स्थानमा प्रहरी र स्थानीय राजनीतिक दलका कार्यकर्ता पुगेका छन् । पर्वत- १ मा काँगे्रसका अर्जुन जोशी, एमालेका गणेश तिमल्सिना र एमाओवादीका नेत्र अधिकारीबीच प्रतिस्पर्धा भएको थियो । अधिकारीलाई जोेशीले झिनो मतले हराएका थिए । एकीकृत माओवादीले निर्वाचनमा खसेको मतपत्र परिवर्तन गरी परिणाम उल्ट्याइएको दाबी गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us