काठमाण्डु, २३ असोज प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
भट्टराईले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिका हैसियतमा कोइरालासँग भेटेका हुन् ।
दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा संविधानका विवादित विषयमा सहमति जुटाउनेबारे कुराकानी भएको बताइएको छ । भट्टराईले संविधानसभामा विवादसहितको प्रतिवेदन बुझाएका थिए ।