पारसले सुरु गरे अमिर खानसँग मिलेर कूपोषणविरुद्धको अभियान

काठमाण्डु टुडे २०७१ असोज २३ गते १२:५० मा प्रकाशित

काठमाण्डु, २३ असोज नेपाली राष्ट्यि क्रिकेट टिमका कप्तान पारस खड्काले चर्चित भारतीय अभिनेता अमिर खानसँग मिलेर कुपोषण अन्त्यका लागि संयुक्त अभियान चलाउने भएका छन् ।

सुनौला हजार दिनु नामparash khadka दिइएको उक्त अभियानको बिहीबार राजधानीमा एक कार्यक्रमबीच शुभारम्भ गरियो । जन्मेदेखि हजार दिन सम्म बालबालिकामा कूपोषण हुने जोखिम बढी हुने भएकाले अभियानको नाम सुनौला हजार दिनु राखिएको पारसले बताए ।

राजधानीको होटल हायतमा भएको कार्यक्रममा खड्कालाई युनिसेफको सहायक सद्भावना दूत नियुक्त गरिएको छ । नियुक्ति पत्रमा अमिरले दक्षिण एसियास्तरीय सदभावना दूतका हैसियतमा हस्ताक्षर गरेका छन् ।

युनिसेफ कपिल्वस्तुमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन मंगलबार नेपाल आएका खान बिहीबार स्वदेश फर्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us