केपी ओलीले माधव नेपालको कोटमा लगाइदिए राष्ट्रिय झण्डाको लोगो

काठमाण्डु टुडे २०७१ असोज २३ गते १२:२७ मा प्रकाशित

kp-madhavकाठमाण्डु, २३ असोज- नेकपा एमालेले आफ्ना सभासदलाई सांसदको लोगोसँगै कोटमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डाको लोगो समेत लगाउन निर्देशन दिएको छ ।
संसदीय दलको बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई लोगो लगाइदिएर त्यसको शुभारम्भ गरे । राष्ट्रियता संकटमा परेकाले राष्ट्रियता प्रवद्र्धन गर्न कोटमा राष्ट्रिय झण्डा अंकित लोगो लगाउन सभासदलाई निर्देशन दिइएको एमालेले जनाएको छ ।

सभासदबाट सुरु गरिएको उक्त अभियान देशभरका कार्यकर्तासम्म पुर्याइने सभासद रवीन्द्र अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us