काठमाण्डु, २३ असोज- चर्चित भारतीय अभिनेता अमिर खानले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् ।
नेपाल भ्रमणमा रहेका खानले युनिसेफको दक्षिण एसिया हेर्ने सदभावना राजूतको हैसियतमा बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोइरालालाई भेटेका हुन् ।
भेटमा कोइरालाले अमिरलाई परिवारसहित पोखरा भ्रमणका लागि आग्रह गरेका थिए । जवाफमा खानले अनुकुल समय मिलाएर आफू पोखरा घुम्न आउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । खान घुमफिरका सौखिन मानिन्छन् ।
यस्तै प्रधानमन्त्रीसँगको भेटमा उनले नेपाल र भारत दुवै मुलुकका बालबालिका कूपोषणको शिकार हुने गरेको भन्दै उक्त समस्याविरुद्ध दुवै सरकारबीच सहकार्य हुनुपर्ने बताएका थिए ।
जवाफमा कोइरालाले संविधान जारी भएसँगै नेपाल राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि बढ्ने भन्दै त्यसलगत्तै कूपोषण निर्मुल हुने दाबी गरे ।