सुशील र बामदेवलाई जेल हाल्न माग गर्दै चार डिआईजीद्वारा रिट दायर

काठमाण्डु टुडे २०७१ असोज २३ गते १२:०१ मा प्रकाशित

sushil-bamdevकाठमाण्डु, २३ असोज- सरकारले एआईजीमा बढुवा नगरेपछि बुधबारबाट अवकाश पाएका नेपाल प्रहरीका चार डीआईजी फेरि सर्वोच्च अदालत गएका छन् ।

सर्वोच्चको परमादेशविपरीत आफूहरुलाई एआईजीमा बढुवा नगरेको भन्दै उनीहरुले बिहीबार अदालत गुहारेका हुन् । रिटमा सरकारले दालतको अपहेलना गरेको दाबी गरिएको छ । रिटमा मन्त्रिपरिषद्, प्रधामन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम, गृहसचिव र प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएको छ ।

अदालतको अपहेलना गर्नेलाई एक वर्ष कैद र १० हजार जरिवाना गर्न रिटमा माग गरिएको छ ।  सरकारले गत ९ भदौमा ९ डिआईजीलाई एआईजीमा बढुवा गरेको थियो ।

वरिष्ठता मिचेर बढुवा गरिएको भन्दै बढुवामा नपरेका डिआईजीहरु यादव अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराज शाही अदालत गएका थिए । सर्वोच्चले ८ असोजमा चारै डिआईजीलाई एआईजीमा बढुवा गर्न सरकारका नाममा परमादेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us