ग्राहकको खाताबाट पैसा चोर्ने बैंकका कर्मचारी पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २३ गते ८:१७ मा प्रकाशित

काठमाण्डु, २३ असोज- एचएण्डबी डेभलपमेन्ट बैंककी पूर्वप्रमुख कार्यकारी अधिकृत सोधा सैंजुलाई पक्राउ गरेको छ ।
ceoआफूहरु ठगिएको भन्दै सेवाग्राहीले उजुरी दिएपछि प्रहरीले सैंजु र बैंककी पूर्वकर्मचारी पुष्पज्योति ढुंगानालाई बिहीबार काठमाण्डुबाट पक्राउ गरेको हो ।

उनीहरुमाथि ग्राहकको खातामा रहेको पैसा निकालेर चलाएको आरोप लागेको छ । ग्राहकले खातामा जम्मा गरेको रकम हराएको भन्दै भौचरसहित प्रहरीमा उजुरी दिएका थिए । उजुरीमा ग्राहकको चार करोड ७७ लाख रुपैयाँ ठगी भएको दाबी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us