रायमाझी एमाओवादी संसदीय दलको उपनेता

काठमाण्डु टुडे २०७१ असोज २३ गते ७:२३ मा प्रकाशित

काठमाण्डु, २३ असोज- एकीकृत नेकपा माओवादीले नेता टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता चयन गरेको छ ।
top bahadurसिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको दलको बैठकले रायमाझीलाई उपनेता नियुक्त गरेको सभासद एवम् स्थायी समिति सदस्य अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार नेत्रृ रेखा शर्मालाई सचेतकको जिम्मेवारी दिइएको छ । विराटनगर राष्ट्रिय सम्मेलनपछि पार्टीभित्र चर्किएको विवादका कारण एमाओवादीले दलको उपनेता छान्न सकेको थिएन । बैठकले संसदीय बोर्डलाई समेत पुनर्गठन गरेको छ ।

अध्यक्ष प्रचण्ड प्रमुख रहेको बोर्ड सचिवमा नेता अग्नि सापकोटालाई सचिवको जिम्मेवारी दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us