म्याग्दी, २३ असोज- म्याग्दी सदरमुकाम बेनीमा एक महिलालाई आफ्नै आफन्तले दुव्र्यबहार गर्दै मलमूत्र खुवाएका छन् ।
बेनी नगरपालिका ७ क्याम्पस चोककी सविता बानियाँ (नाम परिवर्तन) लाई जर्वजस्ती मलमूत्र खुवाइएको हो । म्याग्दी प्रहरीले मलमूत्र कोच्याउने स्थानीय मैती थापा र बिसु केसीलाई पीडितको उजुरीका आधारमा नियन्त्रणमा लिएको छ । केसी पीडितकी श्रीमानका आफ्नै भान्जी हुन् ।
प्रहरीसँगको बयानका क्रममा थापा र केसीले आफूहरुले मलमूत्र कोच्याएको स्वीकार गरेका छन् । घटनाबारे छानबिन भइरहेको निजल्ला प्रहरी कार्यालय म्याग्दीका निरीक्षक विमलकुमार उपाध्यायले जानकारी दिए ।