एउटै प्लेटका दुईवटा मोटरसाइकल

काठमाण्डु टुडे २०७१ असोज २३ गते ६:१० मा प्रकाशित

दाङ, २३ असोज- प्रहरीले दाङमा एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएकको छ ।
वडा प्रहरी कार्यालय घोराहीले चेकजाँचका क्रममा रा २ प ४९७८ नम्बरका दुई मोटरसाइकल नियन्त्रणमा लिएको हो । बरामद गरिएको मोटरसाइकलमा एउटा निलो रङको पल्सर र अर्को रातो  रङको युनिकर्न मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।

दुवै मोटरसाइकलको कागजपत्र छैनन् । वडा प्रहरी कार्यालयका निरीक्षक लक्ष्मणसिंह ठकुरीले दुवै मोटरसाइकल चोरीको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको बताए । चोरीको मोटरसाइकलमा आफूखुसी नम्बर प्लेट राखेर चलाउने प्रवृत्ति बढेका कारण पछिल्लो समय प्रहरीले चेक जाँच तीव्र पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us