मंसिर २८ देखि बिलबुक र लाइसेन्स डिजिटलमा

काठमाण्डु टुडे २०७१ असोज २३ गते २:५८ मा प्रकाशित

काठमाण्डु, २३ असोज- सरकारले अब डिजिटल सवारी चालक अनुपतिपत्र लाइसेन्स र सवारीधनी परिचयपत्र बिलबुक वितरण गर्ने  भएको छ ।

मेसिनबाट पढ्न सक्ने लाइसेन्स र बिलबुक वितरण गर्न यातायत व्यवस्था विभागले अन्तिम तयारी थालेको छ । विदेशी अनुदान सहयोगमा सरकारले आगामी २८ मंसिरदेखि डिजिटल लाइसेन्स र विलबुक वितरण गर्न लागेको हो ।

यसका लागि अन्तर्राष्ट्रिय टेन्डरमार्फत गत वर्ष भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई छानिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us