म्यारिज खेल्दै गरेका चार जुवाडे पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २२ गते ७:०५ मा प्रकाशित

विराटनगर, २२ असोज- प्रहरीले विराटनगर–१० स्थित राजेश रिजालको घरबाट जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ ।
juwaपक्राउ पर्नेमा विराटनगर १० का राजेश रिजाल, सोही स्थानका शेखर जोशी, सन्दीप आचार्य र विराटनगर १३ का निवेश पोखरेल रहेको प्रहरीले जनाएको छ ।

जुवा खेलिरहेको विशेष सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  प्रहरी निरीक्षक गोविन्द काफ्लेले जुवा खालबाट तीन बुक तास र ५८ हजार दुई सय रूपैयाँ बरामद भएको बताए ।
पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us