सगरमाथा आधार शिविरबाट फर्किएपछि पर्यटकको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २२ गते ६:३६ मा प्रकाशित

सोलु, २२ असोज सोलुखुम्बुको खुम्जङुमा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलायती नागरिक वेल्जिङ डेब्रा रहेको प्रहरीले जनाएको छ । सगरमाथा आधार शिविर पुगेरे फर्कंदै गरेकी ५० वर्षीया उनको खुम्जुङ ७ फेरुचेस्थित होटल फेमिलीमा मृत्यु भएको हो ।

मंगलबार साँझ आफ्नो ग्रुपसँगै होटल पुगेर सुतेकी वेल्जिङ बिहान ओछ्यानमै मृत भेटिएकी थिइन् । मृतकको शव पोष्टमार्टमका लागि काठमाण्डु लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us