वरिष्ठ शल्यचिकित्सक अञ्जनीकुमार रहेनन्

काठमाण्डु टुडे २०७१ असोज २२ गते ३:२५ मा प्रकाशित

काठमाण्डु, २२ असोज वरिष्ठ शल्यचिकित्सक डा अञ्जनीकुमार शर्माको मंगलबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ ।
प्रोस्टेड ग्ल्यान्डको क्यान्सरबाट पीडित शर्माको चावहिल मित्रपार्कस्थित आफ्नै निवासमा निधन भएको हो । शर्मा आजीवन क्यान्सर रोगप्रति जनचेनता फैलाउने र धुमपान विरुद्धको अभियानमा सक्रिय थिए ।
उनी नेपाल लायन्स क्लबका पहिलो डिस्ट्रक गभर्नर, नेपाल मेडिकल एसोसिएसन र अर्बुद रोग निवारण संस्थाका पूर्वअध्यक्ष थिए ।
एनले वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया विभाग स्थापना गरी स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु¥याएका छन् । झाका  श्रीमती, एक छोरी र दुई छोरा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us