खाडीमा रहेका नेपालीलाई एमआरपी बनाउन युद्ध जितेजस्तो

काठमाण्डु टुडे २०७१ असोज २२ गते २:३४ मा प्रकाशित

काठमाण्डु, २२ असोज- बैदेशिक रोजगारीको लागि खाडी मुलुकमा रहेका नेपाली युवायुवतीहरु मेसिन रिडेवल पासपोर्ट ९एमाआरपी० को लागि आवेदन दिने र चार महिनामा पछि लिने कार्य कुनै युद्ध जिते भन्दा कम नभएको सुनाए ।
mrpदशै मनाउन तीन साताअघि स्वदेश आएका  युवाहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् ।  ‘हामीले एमाआरपी लियौ तर तीन महिनामा कुन तरिकाले पाइयो र कति दूख ब्यवधान खप्न पर्यो हामीलाई नै थाहा छ,’ विमानस्थल जानेक्रममा उनीहरुले बताए । काम छोडेर राहदानीको लागि पटकपटक दूतावास पुग्न पर्ने अवस्था छ । अहिले त विभागको वेवसाइटमा राहदानी बनेको विवरण राखिदिएको हुन्छ तर दूतावासमा पुग्दा पाइदैन यस्तो कैयन समस्या छ, उनीहरुले बताए ।
‘हामी ड्राइभरहरुलाई निकै ठूलो मार परेको छं । हरेक मुलुक प्रवेशसंगै ‘प्रवेश छाप’ लगाउने हुनाले छ महिनामा नै राहदानीको पेज सकिने समस्या छ । जसले गर्दा एउटा एमआरपी लिएकै दिन अर्कोको लागि आवेदन दिने गरेका छौ,’ नवलपरासी घर बताउने लरि चालक हरि भुसालले भने । छाप लगाउने विषयमा खाडी मुलुकले पुर्नविचार गर्न सक्ने जानकारी दूतवासले दिए पनि अझै राहदानीमा नै छाप लगाउने गरेको उनले बताए ।
दुवाईबाट विदामा आएका चितवन रत्ननगरका निर्मल सिंजालीले भने, ‘मैले त आवेदन दिएको ९६ औ दिनमा राहदानी पाए र भिसा पनि सारे अनि विदामा घर आएँ । म सँगै काम गर्ने कतिपय नेपाली हस्तलिखित राहदानीमा भिसा सकिन लागेको र एमआरपी आवेदन दिएको दुईमहिना हुदा पनि नआइपुगेर भिसा सार्नको लागि एमआरपीको दिन कुर्न बाध्य छन् ।’ उनीहरु प्रतिनिधी पात्र हुन २५ लाख बढि नेपालीले मलेसिया र खाडीमुलुकमा यस्तो समस्या भोगिरहेका छन् । कतिको राहदानी बनेर पुग्दा नाम जन्म तथा मिति विग्रने र पुन बनेर जान पहिलेको जस्तै समय लाग्ने पिडा पनि उस्तै छ । सन् २०१५ को नोभेम्वर २४ देखि हस्तलिखित राहदानी विश्वभर अमान्य हुने भएपछि एमआरपी बनाउनेहरुको चाप बढेको हो ।
दूतावासमा राहदानीको लागि आवेदन दिनेहरु दैनिक तीन सय भन्दा बढि जम्मा हुने हुनाले आवेदन दिनु र बनेको राहदानी लिनु भनेको कुनै युद्ध जिते सरह छ, उनीहरुले बताए । दूतावासमा राहदानीको लागि आवेदन संकलन गर्ने र उक्त आवेदन ‘डिप मेल’ गरेर कुरिअर मार्फत काठमाडौं पठाइन्छ । त्यो आइपुगेपछि राहदानी विभागले आवेदनको आधारमा एमआरपी तयार गरेर पुनः सोही प्रक्रियामा दूतावासलाई पठाउछ । जसले गर्दा समय लागेको हो । तर सबै दूतावासमा उच्चस्तरको ‘स्क्यानर’ राखेर वा ‘लाइभ इनरोलमेन्ट’ (त्यही फोटो खिचेर विवरण भरेर पठाउने विधी० अवलम्वन गरेमा एक महिना भित्रै राहदानी पाउने अवस्था रहने थियो । सरकारले लामो समय देखि यो प्रणालीमा जाने भने पनि त्यसमा जान सकेको छैन् । जनतालाई सुविधा हुने यस्ता विषयहरु कागजमा सीमित भएका छन् ।
राहदानी विभागका निर्वतमान महानिर्देशक रमेशप्रसाद खनालले आफ्नो तर्फबाट सबै प्रयास भइसकेको र सुझाव सहित प्रस्ताव समेत दिइसकेकोले अव नेतृत्वको निर्णयमात्र बाकी रहेको बताए । नवनियुक्त महानिर्देशक लोकबहादुर थापाले यस्ता समस्याहरुलाई समाधानको लागि प्रयास गर्ने बताएका छन । कतिपय दूतावासले पुगेको राहदानी समेत नबाडेकोले अहिले विभागले राहदानी गएलगत्तै सबैको विवरण वेवसाइटमा राख्ने गरेको छ । यो समस्या दूतावासमा मात्र छैन जिल्लामा पनि रहेको छ । यो समस्या २०६७ पुस १२ देखि एमआरपी जारी गर्न थाले देखि कै हो । अहिलेसम्म २३  लाख भन्दा बढि एमआरपी विभागले जारी गरिसकेको छ भने औसतमा १५ सय नेपाली दैनिक विदेशीएका छन् । अझै १५  लाख भन्दा बढि हस्तलिखित विस्तापित गर्नपर्नेछ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us