काठमाण्डु, २२ असोज देशका विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था भगवान् भरोसामा चलेको छ । आधुनिक प्रविधि तथा विशिष्टीकृत सुरक्षा फोर्स अभावले विशिष्ट
व्यक्तिहरूको सुरक्षामा अदृश्य ‘थ्रेट’ बढ्दै गएको छ ।
नेपालमा भिआइपीको सुरक्षा हचुवाकै भरमा चलेको नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालको बुझाइ छ । ‘इन्टेलिजेन्स र थ्रेट मूल्यांकनका आधारमा भिआइपी सुरक्षा प्रणाली लागू हुनुपर्छ,’ ढकाल भन्छन्, ‘अहिले हाम्रो प्रणालीमा निकै कमजोरी छन् ।’ भिआइपीको सुरक्षालाई व्यवस्थित र विशिष्टीकृत बनाउन नसके भविष्यमा त्यसको नराम्रो परिणाम भोग्नुपर्ने उनको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने विशिष्ट व्यक्तिहरूको सुरक्षामा केही कमजोरी हुनसक्ने बताए । तर, बलियो बनाउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘स्रोत–साधनको अभावमा पनि कमजोरी हुनसक्छन्, हामी सुधारका काम गरिरहेका छौँ ।’
नेपाल प्रहरीमा विशिष्ट व्यक्तिको सुरक्षाका लागि डिआइजीको नेतृत्वमा सुरक्षा सेवा निर्देशनालय छ । तर, निर्देशनालयमा सामान्य किसिमको भिआइपी सुरक्षा तालिम गरेका व्यक्ति मात्र रहेको छ । नयाँ पत्रिकाबाट