थोत्रा बसमा यात्रु नकोच, घूस लिएर लाइसेन्स नबेचः एमाओवादी

काठमाण्डु टुडे २०७१ असोज २१ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, २१ असोज एमाओवादीले थोत्रा बसमा क्षमताभन्दा बढी यात्रु कोच्ने गरेका कारण सवारी दुर्घटना बढेको बताएको छ ।
maoist-flagप्रवक्ता दीनानाथ शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै जनताको जिउज्यानप्रति खेलबाड गर्ने सरकार, यातायात व्यवसायी तथा यातायात व्यवस्था कार्यालयप्रति भत्र्सना व्यक्त गरेका छन् ।

घुसको भरमा लाइसेन्स दिने यातायात व्यवस्था विभाग र गैह्रजिम्मेवार सरकारका कारण दुर्घटना बढेको विज्ञप्तिमा छ । प्रवक्ता शर्माले यातायात व्यवस्था सम्बन्धी नीति, नियन्त्रण र व्यवस्थापनमा सुधार गर्न सरकारसँग मागसमेत गरेका छन् ।

विज्ञप्तिमा डोटीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तै एमाओवादीले पीडितलाई तत्काल क्षतिपूर्ति दिन र घाइतेको निशुल्क उपचार व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us