जिप सुनकोसीमा खस्दा २ को मृत्यु, ७ घाइते

काठमाण्डु टुडे २०७१ असोज २१ गते १०:२२ मा प्रकाशित

गाइघाट, २१ असोज- उदयपुरको घुर्मीबाट काठमाण्डु आउँदै गरेको जिप रिठ्ठे भीरबाट सुनकोसी नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा अरु ७ जना घाइते भएका छन् । ना १ ज ३७८९ नम्बरको जीप सडकबाट करिब ६० मिटर तल नदीमा खसेर दुर्घटनाग्रस्त भएको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us