असोज २२ गतेदेखि संसद् सुचारु हुने सञ्चार मन्त्रीको दाबी

काठमाण्डु टुडे २०७१ असोज १९ गते १२:४३ मा प्रकाशित

विराटनगर, १९ असोज-  सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले असोज २२ गतेदेखि अवरुद्ध संसद् सुचारु हुने बताएका छन् ।

minendra-rijalविराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै रिजालले प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण कार्यलाई प्राथमिकता दिई एमाओवादीसहित विभिन्न दलका मागलाई असोज २१ गतेभित्र सम्बोधन गर्ने जानकारी दिए । संविधान निर्माणका बाँकी कार्य पूरा गर्न ेराजनीतिक समितिको संयोजक पालैपालो बनाउनुपर्ने उनको भनाइ थियो ।

सबै दलहरूलाई साथ लिई संविधान निर्माणमा सहमति कायम गर्न पनि संयोजक पद पालैपालो बनाउनुपर्नेमा उनले जोड दिए ।

सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उनले नेपाली काँग्रेस सङ्घीयताको सम्बन्धमा सात प्रदेश बनाउनुपर्नेमा अडिग रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us