सहमति नभए प्रक्रियाबाटै संविधानः बस्नेत

काठमाण्डु टुडे २०७१ असोज १९ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १८ असोज- उद्योगमन्त्री महेश बस्नेतले संविधान जारी गर्न दलहरुवीच सहमती भए सहमती गर्ने सहमती हुन नसके प्रक्रियामा जानुको विकल्प नभएको प्रष्ट mahesh-basnetपारेका छन् ।
बस्नेतले संविधानका विवादित विषय शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली र राज्यको पूर्नसंरचनामा दलहरुवीच सहमती हुनेमा आफू विश्वस्त रहेको बताउँदै सहमती नभएपनि अब प्रक्रियामा जानुको विकल्प नभएको बताएका छन् ।

उनले दलहरुवीच खाली संघियतामा मात्रै कुरा नमिलेको जानकारी दिँदै नेकपा एमाले सकेसम्म कम राज्य बनाउनुपर्ने पक्षमा रहेको जिकिर गरेका छन् । बस्नेतले भने–‘‘सकेसम्म ५ देखि ७ प्रदेश बनाउनुर्छ भन्ने हाम्रो मान्यता हो, नामांकन र सिमांकनमा विवाद भए त्यसलाई थाती राखेर भएपनि संविधान जारी गर्नुको विकल्प छैन् ।’
बस्नेतले प्रतिपक्ष दल एकिकृत माओवादीले शहिद परिवारको उचित सम्मान, जग्गाको विषय र उच्च स्तरीय राजनीतिक समितिको निर्माण गर्नेजस्ता विषय उठाएर च्याँखे थाप्ने काम गरेको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us