ट्रयाक्टरबाट खसेर मृत्यु

काठमाण्डु टुडे २०७१ असोज १९ गते ५:५९ मा प्रकाशित

रुपन्देही, १९असोज- रुपन्देहीमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएकोछ।

तिनाउ नदीमा दुर्गा विसर्जन गरेर घर र्फकने क्रममा गुडिरहेको ट्रयाक्टरबाट खसेका तिलोत्तमा नगरपालिका-४ का पारस चौधरीको मृत्यु भएको हो।

छातीमा गम्भीर चोट लागेका चौधरीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रयाक्टरलाई नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रमुख टोपबहादुर रानालेजानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us