१० किलो चरेशसहित एक पक्राउ

काठमाण्डु टुडे २०७१ असोज १९ गते ५:४६ मा प्रकाशित

पर्सा, १९ असोज- पर्साको महुवनबाट १० किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।
पर्साको अमरपट्टी गाविस इटियाहीका हरेन्द्र साह गोढलाई सशस्त्र प्रहरीले चरेशसहित पक्राउ गरेको हो । हरेन्द्रलाई निचुटाबाट साइकलमा चरेश लिएर भारत जाँदै गरेकाबेला पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाका अनुसार हरेन्द्रले झौवागुठीका एक व्यक्तिले एक हजार रुपैयाँ दिएर आफूलाई भारतीय गाउँमा चरेश पुर्याउन लगाएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us