

काठमाण्डु, १८ असोज– प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
संविधानका विवादित विषय र अवरुद्ध संसद सुचारु गराउने प्रयासमा कोइरालाले बडादसैं लगत्तै प्रचण्डलाई भेटेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा कोइरालाले संविधानका विवादित विषय र संसद अवरोध हटाउनेबारे लचिलो हुन आग्रह गरेका थिए । त्यस क्रममा प्रचण्डले शासकीय स्वरुपमा लचकता अपनाउन तयार रहेको भन्दै संघीयतामा लचक हुन कोइरालालाई आग्रह गरेका थिए ।