शासकीय स्वरुपमा काँग्रेस एमाले लचिलो भए राज्य पुनर्संरचनामा लचिलो हुन्छौं गजुरेल

काठमाण्डु टुडे २०७१ असोज १८ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, १८ असोज- एमाओवादी  कोषाध्यक्ष हरिबोल गजुरेलले माघ ८ गते संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पार्दै राज्य पुर्नसंरचना काँग्रेस एमाले haribolलचिलो भए शासकीय स्वरुपमा आफ्नो पार्टीले सम्झौता गर्ने बताएका छन् ।
प्रधानमन्त्री सुशील कोइराला र आफ्ना पार्टी अध्यक्ष प्रचण्डबीच शनिबार मात्रै त्यसबारे विशेष कुराकानी भएको बताउँदै २१ गतेभित्र संविधानका विवादित विषयमा सहमति खोज्न हदैसम्म लचिलो हुने जनाए ।
आजको कुराकानी सकारात्मक भएको छ, भोली हुने तीन दलको बैठकमा सहमतीको लागि नयाँ खाका पेश हुनेछ । हामी १० देखि १४ प्रदेशकोवीचमा सहमती होस् भन्ने पक्षमा छौं, त्यसमा छलफल गरेर केही तलमाथि गर्न पनि तयार छौं । तर काँग्रेस र एमालेले भनेजस्तो सात प्रदेशमा भने सहमती हुन सक्तैन्,’ उनले भने ।
गजुरेलले आफ्नो पार्टी संविधान निर्माणका लागि हदैसम्म लचिलो हुने बताउँदै सहमतिबाटै संविधान जारी गर्नुपर्ने उल्लेख गरे । उनले सहमति निर्माणमा काँग्रेस एमाले बढी जिम्मेवारी बन्नुपर्ने समेत प्रष््ट्याए ।
गजुरेलले आफूहरुले माघ ८ गतेनै संविधान जारी गर्न मद्यत पुग्ने उद्येश्यले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउुनर्पे माग गरेको भन्दै प्रचण्डलाई संयोजक बनाइए अवरुद्ध संसदसमेत सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।
नेकपा मालेका महासचिव सिपी मैनालीले संविधानका विवादित विषयमा सहमती कायम गर्न तोकिएको २१ गतेको हद म्याद गुज्रिन लाग्दा पनि दलहरुवीच कुनै सहमती नभएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
मैनालीले राज्यको पूर्नसंरचना केन्द्रको अधिकार विकेन्द्रिकरण गर्न र स्थानीय जनतालाई अधिकार सम्पन्न गर्ने खालको हुुनुपर्ने बताउँदै अहिलेकै जस्तो पाँच विकास क्षेत्रलाई प्रदेश बनाउनुपर्ने बताएका छन् । उनले नेपालको व्यापार छिमेकी मुलुक चीन र भारतसँग भएको उल्लेख गर्दै उत्तर–चीन खुल्ला हुने खालको पूर्नसंरचना बनाउपर्ने धारणा राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us