प्रहरी चौकीलाई सित्तैमा जग्गा

काठमाण्डु टुडे २०७१ असोज १४ गते ५:४० मा प्रकाशित

गाेरखा, १४ असाेज –  गोरखाको घ्याल्चोक र सिम्जुङस्थित बालुवाका स्थानीयबासिन्दाले प्रहरी चौकी भवन निर्माणका लागि सित्तैमा प्रहरीलाई जग्गा दिएका छन् ।

घ्याल्चोक-९ का मिराजबाबु बिसुराल र दीपक बस्नेतले चौकी निर्माणका लागि एक रोपनी ११ आना क्षेत्रफलको करिब रु ३५ लाख बराबरको जग्गा दिनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

त्यस्तै सिम्जुङ गाविसका कम्वारी घलेले प्रहरी चौकी निर्माणका लागि १४ आना एक पैसा क्षेत्रफलको जग्गा चौकीलाई दिनुभएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

दुवै गाविसका चौकी भाडाको घरमा बस्दै आएका थिए । छिट्टै भवन बनाउने प्रक्रिया थाल्ने निरीक्षक श्रेष्ठको भनाइ छ । यसअघि प्रहरीले मातहतका चौकीका प्रमुखलाई स्थानीय बासिन्दासँग समन्वय गरी जग्गा खोजेर चौकी भवन बनाउने प्रक्रिया थाल्न निर्देशन दिएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us