बलात्कार मुद्दामा तीन महिनामै फैसला हुन्छ: प्रस्तावित प्रधानन्यायाधीश

काठमाण्डु टुडे २०७१ असोज १४ गते ३:५० मा प्रकाशित

काठमाण्डु, १४ असोज– सर्वोच्च अदालतका प्रस्तावित  प्रधानन्यायाधीश रामकुमार प्रसाद साहले बलात्कार र महिला हिंसाका घटनामा तीन महिनाभित्र फैसला गरिसक्ने ramkumar psd sahaबताएका छन् ।
संसदको सार्वजनिक सुनुवाइ विशेष समिति बैठकमा परेका उजुरीबारे जवाफ दिने क्रममा साहले यस्तो प्रतिबद्धता जनाएका हुन् । आफू प्रधानन्यायाधीमा नियुक्त भए दुईदेखि तीन महिनाभित्र अदालतमा सुधार आउने दाबी उनको थियो ।

‘म प्रधानन्यायाधीश नियुक्त भएँ भने दुई/तीन महिनाभित्रै परिवर्तनको अनुभूति गराउँछु’, साहले भने, ‘बलात्कार र महिला हिंसाका घटनामा तीन महिनाभित्रै फैसला हुनेछ ।’ यद्यपि पीडितले लोभ लालच र डर त्रासमा बयान परिवर्तन गर्ने गरेका कारण बलात्कार घटनामा न्याय सम्पादनमा अप्ठेरो पर्ने गरेको उनको भनाइ थियो ।

यस्तै उनले  अदालतमा तारेखलाई बाध्यकारी नगरिने बताए । अदालतको छवि उकास्ने र न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिने बताए । अदालतबारे नकारात्मक विचार देखिएको भन्दै उनले त्यसलाई सकारात्मक बनाउन पहल गर्ने जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us