चन्द पक्ष पार्टीे पुनर्गठनको तयारीमा

काठमाण्डु टुडे २०७१ असोज १३ गते ८:५७ मा प्रकाशित

काठमाण्डु, १३ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकेन्द्रबहादुर चन्द पक्षले पार्टी पुनर्गठनको तयारी गरेको छ ।

lokendraचन्द पक्षले पार्टीको महाधिवेशन भएको एक वर्ष बित्दा पनि पदाधिकारी पूर्ण हुन नसकेको भन्दै पदाधिकारी र विभागीय प्रमुखको चयन गर्ने तयारी गरेको हो ।

पूर्वअध्यक्ष सूर्यबहादुर थापाले पद सकिने चार दिनअघि मात्र कार्यसमितिको निर्णय नभई एकल रुपमा विधान आफैँले सच्चाएर केही पशुपतिसमशेर राणा र केही आफ्ना आसेपासेलाई पदाधिकारी र विभागीय प्रमुख वनाएको भन्दै चन्द पक्षले वर्तमान अध्यक्ष लोकेन्द्रबहादुर चन्द नै हुनुपर्ने माग गर्दै आएको छ ।

चन्द पक्षले महामन्त्रीमा पर्शुराम खापुङ वा ध्रुवबहादुर प्रधान, सहायक महामन्त्रीमा गोविन्दविक्रम शाह, जगत गौचन, दुर्गा श्रेष्ठ , प्रेमबहादुर भण्डारी, भूवन पाठक, धर्मराज जोशी, अर्जुन राई , वसन्तमान अधिकारी, भोला साह मध्येबाट राखिने कुरा स्रोतले बताएको छ ।

पार्टीको प्रवक्तामा मीना सुवेदी वा किरण गिरी र कोषाध्यक्षमा निलकण्ठ काफ्ले ,रामहरि थापा, नन्दलाल चटौत मध्येबाट बनाईने स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us