प्रक्रिया भन्दै पेल्न खोजे समितिबाट राजीनामा दिन्छु : भट्टराई

काठमाण्डु टुडे २०७१ असोज १३ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, १३ असोज – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका अन्तरवस्तुमा सहमति नगरी प्रक्रियामा नाममा पेलेर जान खोजे समितिको सभापतिबाट राजीनामा दिने बताएका छन् ।

Baburam-Bhattarai_AP_20120907053211संविधानका विवादित विषयमा सहमतिका लागि समितिलाई मंगलबारसम्मको समयसीमा दिइएको छ । १४ गतेसम्म सहमति नभए २१ गतेभित्र मतदानका लागि प्रश्नवालीसहितको प्रतिवेदन संविधानसभालार्इ बुझाउनु पर्नेछ ।

तर, सम्वाद समितिका सभापति भट्टराईले राज्यको पुनःसंरचना र शासकीय स्वरुपमा सहमति नगरी सम्वाद समितिले बनाएको प्रतिवेदनमा हस्ताक्षर नगर्ने चेतावनी दिएका छन् ।

यसबारेमा संविधानसभा अध्यक्ष र प्रमुख तीन दलका नेताहरुलाई जानकारी गराइसकेको उनले बताए ।

एमाओवादी उपाध्यक्ष समेत रहेका सभापति भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताहरुले गम्भिर भएर लाग्ने हो भने विवादित विषयमा क्षणभरमै सहमति हुने प्रष्ट पारे ।

यसअघि आइतबार सम्वाद समितिको बैठकमा भट्टराईले प्रमुख दलका नेताहरुमा स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमता नभएको टिप्पणी गरेका थिए ।

यस्तो स्थितिमा माघ ८ मा संविधान जारी नहुने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us