कस्तो खसी बोकाको मूल्य कति ?

काठमाण्डु टुडे २०७१ असोज १३ गते ३:११ मा प्रकाशित

काठमाण्डु, १३ असोज–नेपाल खाद्य संस्थानले काठमाण्डुमा खसीबोका ल्याउन सुरु गरेको छ ।
khasi-boka2देशका विभिन्न जिल्लाबाट आइतबार साँझसम्म २ सय खसीबोका काठमाण्डु ल्याइसकिएको र अरु आउने क्रममा रहेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए ।
संस्थानले उपत्यकाबाहिरका जिल्लाबाट खरिद गरी काठमाण्डुमा ल्याएर जिउँदो २० किलोसम्म  ४ सय ६, ३० किलोसम्म ४ सय १८ र सो भन्दा माथि ४ सय २५ मूल्य निर्धारण गरेको छ । थापाथलीस्थित संस्थानको गोदामबाट सोमबारदेखि बिक्री सुरु गरिने उनले बताए ।
संस्थानले विगतमा तराई तथा मध्य पहाडी जिल्लाबाट दसैँको समयमा खसीबोका खरिद गरी घटस्थापनाको ३/४ दिन अघिदेखि नै काठमाण्डु ल्याउने र मूल्य निर्धारण गरी घटस्थापनादेखि बिक्री गर्ने गरेकामा विभिन्न जिल्लामा खसीबोका खरिद गर्न नसकेका कारण यस वर्ष बिक्री ढिलो हुन गएको हो ।
संस्थानले यस वर्ष करिब तीन हजार सय खसीबोका ल्याउने भने पनि दसैँको समय नजिकिँदै गएकाले सो परिमाणमा आउने सम्भावना कम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us