
काठमाण्डु, १३ असोज–अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले थुनामा परेका इजरायली धर्मगुरु चेजाई लिस्पिजलाई छुटाउन फोनबाटै निर्देशन दिएका छन् ।
आफ्ना धर्मगुरुलाई दुःख दिएको भन्दै इजरायली अधिकारीले विरोध गरेपछि छुटाउन कोइरालाले कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि अध्यागमन विभागले नियम मिचेर धर्मगुरुलाई शुक्रबार रिहा गरेको छ ।
अदालतमा म्याद थप गरी थुनामा राखेको व्यक्तिलाई मुद्दा दायरपछि अदालतको आदेशपछि मात्र छाड्न सकिनेमा विभागले कूटनीतिक कारण देखाउँदै छोडेको हो ।
अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले कूटनीतिक सम्बन्धलाई ख्यालमा राखी धर्मगुरुलाई थुनामुक्त गरिएको बताए । नयाँ पत्रिकाबाट