प्रचण्डलाई ससर्त संयन्त्र संयोजक दिन काँग्रेस–एमाले तयार

काठमाण्डु टुडे २०७१ असोज १२ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, १२ असोज– प्रमुख सत्तारुढ घटक काँग्रेस–एमाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक मान्न Prachand-1राजी भएका छन्  ।
आइतबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा उनीहरुले प्रचण्डलाई ससर्त समिति संयोजक मान्न तयार भएका हुन् । ती दुई दलले भावी संविधानका अन्तरवस्तुमा सहमति भए प्रचण्डलाई संयोजक दिन सकिने बताए । यद्यपि आफूहरुले काँग्रेस–एमाले प्रस्ताव अस्वीकार गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
एमाओवादीले शान्ति र संविधान लेखनको काम टुंगो लगाउन भन्दै संयन्त्रको स्थायी नेतृत्व दाबी गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us