सीके राउतलाई सरकारले छाड्दैन: मन्त्री पण्डित

काठमाण्डु टुडे २०७१ असोज १२ गते १५:०० मा प्रकाशित

lal babu panditविराटनगर, १२ असोज– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खुलेआम मुलुक टुक्र्याउने धम्की दिनेलाई नछाड्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग उनले मुलुक विखण्डनको अभियान चलाएकाले पक्राउ परेका सीके राउतलाई सरकारले छुट दिन नसक्ने बताए ।

‘मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउेन खोज्नेलाई कुनै किसिमको छुट दिन सकिंदैन’, राउतले भने, ‘राष्ट्रिय अखण्डतामा आँच आउने गतिविधि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।’
राउतलाई छाड्न चौतर्फी दबाब बढिरहेका बेला मन्त्री पण्डितले राउतमाथि कानुनअनुसार कारबाही हुने प्रष्ट्याए । अर्को फरक प्रसंगमा मन्त्री पण्डितले मन्त्रीमण्डलमा हेरफेर भए पनि नयाँ संविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us