ज्ञानेन्द्रसँग मिलेर नयाँ पार्टी खोल्ने योजना छैन: भट्टराई

काठमाण्डु टुडे २०७१ असोज १२ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, १२ असोज– एमाओवादी नेता बाबुराम भट्टराईले आफूले पूर्वराजा ज्ञानेन्द्रसँग मिलेर नयाँ पार्टी गठन गर्न लागेको भन्ने हल्ला भ्रमपूर्ण भएको बताएका छन् ।

baburam
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्तो हल्ला नगर्नसमेत आग्रह गरेका छन् । भट्टराईले राष्ट्रिय स्वाधीनता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक सहभागितामूलक लोकतन्त्र र समाजवाद आफ्नो जीवनको प्रतिबद्धता भएको स्पष्ट गरेका छन् ।

‘राष्ट्रिय स्वाधीनता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्र र समाजवाद मेरो जीवनको प्रतिबद्धता हुन्’ उनले भनेका छन्, ‘यसविरुद्ध कहिल्यै कसैसँग सम्झौता हुन सक्दैन । दसैंको मौसममा हल्लैहल्लाको चंगा उडाउनुभन्दा साँच्चैको चंगा उडाउनु उपयुक्त हुने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us