चीनले दियो बाढीपहिरो पीडितलाई ३ करोड १० लाख

काठमाण्डु टुडे २०७१ असोज १२ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, १२ असोज – चीनले बाढीपहिरो पीडितहरूलाई सहयोग गरेको छ ।

chinaचीनको दक्षिणपूर्वी क्षेत्रको युनान प्रान्तीय सरकारबाट तर्फबाट दिइएको ३ करोड १० लाख सहयोग रकमको चेक चिनियाँ राजदूत उ चुन्ताईले कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई हस्तान्तरण गरेका छन् ।

नेकपा संयुक्तको तर्फबाट महासचिव सुनिल मानन्धरले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी २५ हजारको चेक गौतमलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा असोज १० गतेसम्म विभिन्न २०८ संघ संस्था तथा व्यक्तिबाट ३८ करोड ८६ लाख ३६ हजार रुपैया जम्मा भइसकेको छ ।

त्यसमध्ये राहत वितरण, पुनर्स्थापना तथा पुननिर्माणको लागि गृह मन्त्रालयलाई ३२ करोड २६ लाख ९ हजार निकासा दिइएको पनि सचिव सुवेदीले वताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us