जेपी गुप्ताको भ्रष्टाचार मुद्धामा पुनरावलोकन हुने

काठमाण्डु टुडे २०७१ असोज १० गते १:३५ मा प्रकाशित

jp guptaकाठमाण्डु, १० असोज– पूर्वमन्त्री जयप्रकाशप्रसाद गप्तालाई भ्रष्टचारी ठहर गरिएको फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतले अनुमति दिएको छ ।
सर्वोच्चले २०६८ फागुन १० गते आफूलाई भ्रष्टाचारी ठहर गरेको फैसला पुनरावलोकनका लागि गुप्ताले दिएको निवेदनमा बुधबार निस्सा  (पूनरावलोकनका लागि अनुमति) दिएको हो । गोपाल पराजुली, दीपकराज जोशी र देवेन्द्रगोपाल श्रेष्ठको विशेष इजलाशले बुधबार यस्तो निस्सा दिएको हो ।

गुप्ताले २०६९ साल वैशाखमा जेलभित्रैबाट पुनरावलोकनका लागि निवेदन दिएका थिए । उनले भ्रष्टाचार मुद्दामा जेल सजाय भुक्तान गरिसकेका छन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us