काठमाण्डु, ९ असोज– विगत पाँच दिनयता आमरण अनसन बस्दै आएका सिके राउत अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ ।

महानगरीय प्रहरी परिसर हनुमानढोकामा सोमबारबाट अनसन बसेका राउतको स्वास्थ्यमा खराबी आएपछि प्रहरीले उनलाई शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरेको हो ।
सुरुमा अस्पतालको इमर्जेन्सीमा राखेर उपचार गरिएका राउतलाई अहिले बेडमा सारिएको छ । आफूमाथि हिरासतमा प्रहरीले दुव्र्यवहार गरेको भन्दै अनसन बसेका थिए ।