राम्रा पुस्तक समाज परिवर्तनका बाहक : अर्थमन्त्री महत

काठमाण्डु टुडे २०७१ असोज ९ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, ९ असोज – भूवन त्रिपाठीद्धारा लिखित ‘‘खगोलीय सम्मेलन’’ नामक कथा सङ्ग्रहको विमोचन भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा सो कथासंङग्रहको अर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् ।

mahatपुस्तक विमोचन गर्दै मन्त्री महतले साहित्यले समाजको प्रतिनिधित्व गर्ने भएकाले पुस्तक पठन एवम् लेखन कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । महतले भने–‘‘ त्रिपाठीजीले लेख्नुभएका कथाहरुमा नवीनतम विषयवस्तुहरु उठाईएका छन्, यो अत्यन्तै महत्वपूर्ण छ । साहित्य भनेको समाजको दर्पण हो, जसले समाज विकासका लागि सराहनीय योगदान पु¥याएको छ । ’’

वरिष्ठ समालोचक एवम साहित्यकार प्रा. मोहनराज शर्माको सभापतित्वमा आयोजित विमोचन कार्यक्रममा बोल्दै महतले आफु साहित्यको विद्यार्थी नभए पनि साहित्यमा विशेष रुचि भएको बताउँदै प्रविधिको युगमा दृश्य साहित्यको विकास हुँदा पनि पढेर पाईने साहित्यको आश्वादन बैग्ले प्रकारको हुने समेत बताएका छन् । महतले मुलुक विकासको लागि पनि सामाजिक, आर्थिक तथा राजनीतिक विकासको जरुरी रहेको धारणा राखेका छन् ।

त्यस्तै प्रधानमन्त्रीका सल्लाहकार बिजन पन्तले त्रिपाठीको लेखन समाज परिवर्तनको दर्पण बनेको उल्लेख गर्दै लेखन कार्यलाई निरन्तरता दिनका लागि पनि सुझाव दिएका छन् । पन्तले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएको बताउँदै पुस्तकमा समावेश गरिएका सबै कथाहरु यर्थाथपरक र समसामयिक रहेको बताएका छन् ।
खगोलीय सम्मेलन कथा संग्रहमा वि.स. २०५० को दशक देखि वि.स. २०७१ को विभिन्न अवधिमा लेखिएका १६ वटा कथाहरु समावेश गरिएको छ ।

समकालिन नेपाली समाजका मानिसले देखेका र भोगेका कुराहरुलाई विषयवस्तुको रुपमा समेटिएका यस कथा संग्रहका कथाहरुमा भूमण्डलीकरणका प्रभावमा रुमलिएका पात्रहरुको भोगाई, मानसिकता र साईबर प्रविधि प्रयोगका पक्ष प्राथमिकतामा परेका छन् ।

कतिपय कथामा समाजमा रहेको विकृति, विसङ्तीको चित्रण गर्नुको साथै विविध कारणले गर्दा नेपालबाट विदेश पलायन हुनेको संख्या बढेको कुराहरुलाई संकेत गरिएको छ ।

यस कथा संग्रहका कथामा मूलतः शिक्षित व्यक्तिहरु पश्चिमा मूलुक जान लालयित भएका प्रसंगलाई जोड दिईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us