नयाँ बानेश्वर खुल्यो सपिङ्ग मल

काठमाण्डु टुडे २०७१ असोज ९ गते १०:५० मा प्रकाशित

काठमाण्डु, ९ असोज – निम्न तथा मध्यम वर्गीय ग्राहकलाई लक्षित गरि नयाँ बानेश्वरमा ‘न्यू बानेश्वर सपिङ्ग मल’ सञ्चालनमा आएकोे छ ।

mallविजया दशमी, दिपावली, नेपाल संवत् तथा छठको पर्वको पूर्वउपलक्ष्यमा सपिङ्ग मलमा आउनेलाई उपहार, सामान किन्नेलाई बम्पर उपहार दिने पनि व्यवस्थापकले जानकारी दिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मलका प्रमुख सञ्चालक मुकेश पाण्डेले यो शपिङ्ग मल एकदमै सस्तो तथा सुलभ मूल्यमा ग्राहकहरुलाई सेवा दिने उद्धेश्यका साथ खोलिएको जानकारी दिएका छन् । उनका अनुसार अहिले सपिङ्ग मलमा एक हजार माथिको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारको पनि व्यवस्था गरिएको छ ।

बम्पर उपहारमा प्रथम उपहार १२५ सिसिको १ थान मोटरसाईकल दिईने, द्धितिय उपहारमा ३२ ईन्चको कलर टि.भी. १ जनालाई, तृतीय उपहार फ्रिज १ जनालाई, चौथो उपहारमा ५ जनालाई मोबाई दिईने, पाँचौ उपहारमा १० जनालाई आईरन दिईने र २० जनालाई ईलेक्ट्रिक जग दिईने पनि मलका प्रमुख पाण्डेले जानकारी दिएका छन् ।

त्यस्तै मलका व्यापार अध्यक्ष हिमाल किराँतीले यो सबैभन्दा सुलभ बजार भएको पनि बताएका छन् । उनले दैनिक आगन्तुक मध्ये १ जनालाई लक्की ड्र द्धारा प्रत्येक दिन उपहार दिने व्यवस्था पनि मलले गरेको बताएका छन् ।

त्यस्तै आफूहरुले निम्न वर्ग जो आर्थिक रुपमा अत्यन्तै कमजोर रहेकाहरुलाई लक्षित गरेर मल सञ्चालनमा ल्याएको व्यवस्थापक नबराज बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार मलमा प्रसस्त पार्किङ्, फ्रि वाईफाई सुविधान, मिनि थिएटरका साथै सबै खाले पसलहरुको व्यवस्था गरिएको छ । मलमा हाल १५० वटा सटर सञ्चालनमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us