काँग्रेस – एमालेले राजनीतिलाई अपराधिकरण गर्न खोजे : विप्लव

काठमाण्डु टुडे २०७१ असोज ९ गते ९:५० मा प्रकाशित

काठमाण्डु, ९ असोज – नेकपा-माओवादी सचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले कांग्रेस-एमाले माओवादीलाई पेलेर जान खोजे त्यसको हिसाबकिताब चाँडै नै चुक्ता गरिदिने बताएका छन् ।

biplavआफ्नो जनविरोधी कर्तुत लुकाउन कांग्रेस र एमालेले माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोजेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई यसो नगर्नुस् भनेको छु, यदि रोक्नुभएन भने उहाँहरुलाई जनताको कठघरामा उभ्याइनेछ ।’

प्रगतिशील गीतकार अग्र विष्टको ‘परिवर्तनका आवाजहरु’ नामक गीती एल्वम विमोचन कार्यक्रममा माओवादी सचिव विप्लवले माओवादी सहकार्य र सहभागिता भएन भने राज्यले वैधानिक नपाउने ठोकुवा गरे ।
उनले भने- ‘माओवादी विना संविधान वैधानिक हुँदैन र तपाईहरुले राज्य संचालन गर्न पनि सक्नुहुँदैन ।’
संसदवादीहरुले माओवादीलाई यो वा त्यो बहानामा तह लगाउने सोचेको भए आए सेना बनाउन बाध्य हुने उनले बताए ।

मानवअधिकारवादीहरुले गर्ने बहस भन्दा पनि तल्लोस्तरमा बनाउन खोजेकाले सर्वपक्षीय गोलमेच सम्मेलन बहिस्कार गरेका उनले बताए ।

‘हामीले भनेको त संविधानसभा विघठन गरौं र सर्वपक्षिय सम्मेलन गरौं हो । संविधानसभालाई मानेर हुने कुनै गोलमेचमा सहभागी हुँदैनौं’, सचिव चन्दले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us