दक्षिण कोरिया पुगेका खेलाडी मध्यरातमा बेपत्ता

काठमाण्डु टुडे २०७१ असोज ८ गते ९:३८ मा प्रकाशित

काठमाण्डु, ८ असोज – १७ औं एसियाली खेलकुदका लागि दक्षिण कोरिया पुगेका राष्ट्रिय खेलाडी मध्यरातमा भागेका बेपत्ता भएका छन् ।

सेपाक ताक्रो खेलका खेलाडी अमन पोडे मंगलवार रातिदेखि सम्पर्कविहीन भएको जानकारी दूतावास स्रोतले दिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार पोडेको बुधबार काठमाण्डु उड्ने तय भएका पोडे मंगलवार दिनभरी खेल अधिकारी र खेलाडीहरुसँग रहे पनि राति भागेको स्रोतले जनाएको छ ।

नेपाली अधिकारीहरुले यसबारेमा त्यहाँको प्रहरीलाई पनि जानकारी गराएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सिताराम मास्केले बताए ।

कोरियामा भागेर गैरकानुनी रुपमा बस्ने नेपाली खेलाडीहरुको यो नयाँ कहानी भने होइन । खेल छाडेर भागेर हिड्ने खेलाडीको सङ्ख्या धेरै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us