रहिनन् वरिष्ठ बामपन्थी नेतृ प्रधान

काठमाण्डु टुडे २०७१ असोज ७ गते २:२५ मा प्रकाशित

काठमाण्डु, ७ असोज– वरिष्ठ बामपन्थी अगुवा साहना प्रधानको ८६ वर्षको उमेरमा गएराति निधन भएको छ ।
Sahana_Pradhan(2)पक्षघात र हृदयघातबाट लामो समय थलिएकी प्रधानको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । मष्तिष्कघात भएपछि उनलाई गत जेठ २३ गते अस्पताल भर्ना गरिएको थियो ।

बर्मामा जन्मिएर पनि नेपालको हरेक बाम–लोकतान्त्रिक र महिला आन्दोलनमा प्रधानले अग्रहणी भूमिका निर्वाह गरेकी थिइन् । कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठसँग उनको २००९ मा वैवाहिक सम्बन्ध कायम भएको थियो ।

पुष्पलालको निधानपछि पुष्पलाल समूहको नेतृत्व गरेकी प्रधानको नेतृत्वमा ०४३ सालमा नेकपा माले पुनर्गठन भएको थियो । २०४६ सालको जनआन्दोलनपछि माले र एमाले एकीकरणपछि उनीे एमाले स्थायी समिति सदस्य भएकी थिइन् । २०४६ सालको अन्तरिम सरकारमा उद्योगमन्त्री बनेकी उनी परराष्ट्र र महिला बालबालिका तथा समाजकल्याण मन्त्री समेत भएकी थिइन् ।

प्रधानका दुई छोरा र एक छोरी छन् । यसैबीच, श्रदाञ्जलीका लागि स्वर्गीय प्रधानको पार्थिव शरीर एमाले मुख्यालय बल्खुमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us