बन्द उद्योग चलाएर विदेशिएका नेपालीलाई स्वदेश फर्काउँछु: बस्नेत

काठमाण्डु टुडे २०७१ असोज ४ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, ४ असोज– उद्योगमन्त्री महेश बस्नेतले भीरमा पुगेका उद्योगलाई मुलबाटोमा फर्काउने दाबी गरेका छन् ।
बागलुङमा शनिबार एक सहकारी संस्थाको साधारणसभामा बस्नेतले सबै दलका नेताको पहिलो रोजाइको मन्त्रालय बनाउने बताए ।
जीर्ण उद्योग सञ्चालनमा ल्याएर नाफा कमाउने उनको भनाइ थियो । उनले बन्द उद्योग सञ्चालनमा ल्याएर रोजगारीका लागि विदेशिएका युवाहरुलाई स्वदेश फर्काउने बाध्यता हटाउने उल्लेख छ ।

‘सबै नेता गृह छाडेर उद्योगमा आउन खोज्ने बनाउँछु’, बस्नेतले भने, ‘बन्द उद्योग सञ्चालन गरेर देशका सयौं युवालाई नेपाल फर्कने वातावरण बनाउँछु ।’
उनले उदयपुर, हेटौंडालगायत सिमेन्ट कारखानालाइ पूर्ण उत्पादन क्षमतामा फर्काउने दाबी गरे । बस्नेतले आफू मन्त्री छउञ्जेल सरकारी खर्चमा जहाज नचढ्ने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us