बाँदरको शोकमा दुई सयले गरे कपाल मुण्डन

काठमाण्डु टुडे २०७१ असोज २ गते २:४२ मा प्रकाशित

एजेन्सी– भारतको मध्यप्रदेशस्थित मन्दिरमा बस्ने एउटा बाँदरको मृत्युको शोकमा त्यहाँका २ सय गाउँलेले कपाल मुन्डन गरेका छन् ।
कुकुरहरुले लखेट्दा भाग्ने क्रममा सो बाँदर पोखरीमा खसेर मरेको हो । बाँदरको मृत्युले अपकुशल हुने डरले गाउँलेले हिन्दू धार्मिक परम्पराअनुसार बाँदरको अन्तिम संस्कारसमेत गरेका थिए ।
मध्यप्रदेशको इन्दर सहरबाट २० किलोमिटर टाढा पर्ने डकाच्या गाँउका अन्य ७ सय जनाले आफ्नो दाह्री खौरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us